लागुऔषध मुद्दामा ५ वर्ष कैद फैसला भएका फरार व्यक्ती पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

लागुऔषध मुद्दामा ५ वर्ष कैद फैसला भएका फरार व्यक्ती पक्राउ


४ पुस २०७९, सोमबार


पक्राउ

काठमाडौँ । लागुऔषध मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देही घर भएका नारायण बस्याल छन् । २०७४ भदौ २१ मा उच्च अदालत तुलसीपुर दाङले बस्याललाई ५ वर्ष कैद र ५ हजार जरिवाना हुने फैसला गरेको थियो ।

२०७२ भदौ ७ मा बस्याल २ ग्राम ३ सय मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका थिए । जिल्ला अदालतबाट १० हजार जरिवाना तिरेर छुटेका बस्यालविरुद्ध सरकारी वकिल कार्यालयले पुनरावेदन गरेको थियो । उच्च अदालतको फैसलापछि बस्याल विदेशमा लुकेर बसेका थिए ।

नेपाल फर्केको सुराक पाएपछि इलाका प्रहरी कार्यालय सालझण्डीका इन्स्पेक्टर जगन्नाथ मरासिनी नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो । जिल्ला अदालत रुपन्देहीको आदेशले उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस