प्रचण्ड चितवन प्रस्थान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रचण्ड चितवन प्रस्थान


४ पुस २०७९, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सोमबार बिहानै चितवन प्रस्थान गरेका छन् ।

पार्टीका एक कार्यकर्ताको श्रद्धाञ्जली सभामा सहभागी हुन काठमाडौँबाट हिँडेका हुन् ।

आज बेलुका नै प्रचण्ड काठमाडौँ फर्किने तयारी रहेको सचिवालयले जनाएको छ । प्रचण्ड बेलुका फर्किएपछि नेताहरुबीच भेटघाट हुन सक्ने बताएको छ ।

आइतबारै प्रचण्डले निर्वाचित सांसदलाई बोलाएर शुभकामना दिइसकेका छन् । निर्वाचित सांसदले शपथ दिएपछि मात्रै दलको नेता चयनको प्रक्रियामा जाने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस