विहारको न्यून चापीय प्रणालीको सामान्य प्रभाव, वर्षा र हिमपातको सम्भावना « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

विहारको न्यून चापीय प्रणालीको सामान्य प्रभाव, वर्षा र हिमपातको सम्भावना


४ पुस २०७९, सोमबार


काठमाडौँ । देशका विभिन्न भू–भागमा आज वर्षा र हिमपात हुने भएको छ । विहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको छ। देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही तराईका थोरै स्थानहरूमा हुस्सु/कुहिरो रहेको छ।

सोमबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

मंगलबार पनि देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस