प्रचण्डको दाबी गर्नु स्वाभाविक, तर नयाँ सरकार देउवाकै नेतृत्वमा : आरजु राणा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रचण्डको दाबी गर्नु स्वाभाविक, तर नयाँ सरकार देउवाकै नेतृत्वमा : आरजु राणा


३ पुस २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसकी नेतृ तथा समानुपातिक सांसद आरजु राणाले प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार गठन हुने बताएकी छन् । निर्वाचन आयोगमा आयोजित प्रमाणपत्र ग्रहण कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राणाले निर्वाचनबाट प्राप्त अङ्कगणितका अनुसार नयाँ सरकारमा काँग्रेसकै दाबी रहने बताएकी हुन् ।

प्रधानमन्त्री पदका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दाबी गर्नु स्वाभाविक भए पनि जनताको म्यान्डेट अनुसार काँग्रेसले नै नयाँ सरकारको नेतृत्व गर्नुपर्ने बताइन् । पार्टीभित्र संसदीय दलको निर्वाचनमा वर्तमान सभापति देउवाको दाबेदारी रहने पनि स्पष्ट पारिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस