प्रहरी घेरा तोडेर भागेका लागुऔषध प्रयोगकर्ता पुनः पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रहरी घेरा तोडेर भागेका लागुऔषध प्रयोगकर्ता पुनः पक्राउ


३ पुस २०७९, आइतबार


काठमाडौँ । काठमाडौँको बागबजारबाट नियन्त्रणमा लिएपछि प्रहरीको घेरा तोडेर भागेका थुनुवा पुनः पक्राउ परेका छन् । झापाको तोपगाछी नगरपालिका-१ घर भएका ४० वर्षीय राजेन्द्र थापालाई प्रहरी वृत्त सिंहदरबारको टोलीले पुस १ मा पक्राउ गरेको थियो । थापा लागुऔषध प्रयोगकर्ता हुन् ।

प्रहरी वृत्त सिंहदरबारका डिएसपी गोविन्द पुरी नेतृत्वको टोलीले उनलाई शनिबार राति नै पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतका अनुसार प्रहरीको घेरा तोडेर भागेका राजेन्द्र थापा कोटेश्वर क्षेत्रबाट पक्राउ परेका हुन् । 

काठमाडौँ महानगरपालिका-२८ बाजबजारबाट पहिलोपटक पक्राउ परेका उनी दोस्रोपटक नरेफाँटबाट पक्राउ परेका हुन् । उनीबिरुद्ध प्रहरीले लागुऔषध सेवन गर्न नहुने कसुरमा मुद्दा चलाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस