शेखर र गगन नमिलेपछि संसदीय दलको नेतामा मैले किन दाबी नगर्ने : धनराज गुरुङ « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

शेखर र गगन नमिलेपछि संसदीय दलको नेतामा मैले किन दाबी नगर्ने : धनराज गुरुङ


३ पुस २०७९, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले सत्तापनइतर पक्षलाई एकीकृत राख्न आफू संसदीय दलको नेताका लागि अगाडि आउनुपर्ने अवस्था आएको जिकिर गरेका छन् । संसदीय दलको नेतामा नेता शेखर कोइराला र महामन्त्री गगन थापाले एक अर्कालाई समर्थन गर्ने सङ्केत नदेखिएपछि गुरुङले यस्तो बताएका हुन् । 

‘दुई जनालाई मिलाउन संसदीय दलको नेताको उम्मेदवार बन्न मै उपयुक्त हुन्छु होला जस्तो भइसकेको छ,’ उनले भने, ‘दाबी गरेर पाउने भए मैले किन दाबी नगर्ने ? मैले पनि त दाबी गर्न पाउने होला नि ।’  संस्थापन पक्षबाट भने संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा निर्विकल्प देखिएका छन् ।

कोइराला र थापाले एक अर्कालाई समर्थन गर्ने सङ्केत नदेखाएपछि इतर पक्ष विभाजित हुने खतरा देखिएको छ । गुरुङका अनुसार आज दिउँसो ३ बजे बस्ने काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक संसदीय दलको चुनावका लागि निर्वाचन समिति बनाउने भएको छ ।  

Tags :
प्रतिक्रिया दिनुहोस