सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेको आरोपमा मन्दिरका दास पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेको आरोपमा मन्दिरका दास पक्राउ


३ पुस २०७९, आइतबार


जनकपुर । महोत्तरी, मटिहानी मन्दिरका महामहन्त जगरनाथ दासलाई महोत्तरी प्रहरीले आइतबार बिहान पक्राउ गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेर बैङ्कबाट ७० लाख रुपैयाँ झिकेको आरोपमा दासलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेर रोक्का रहेको बैङ्क खाता फुकुवा गरेर ७० लाख १८ हजार ५ सय १० रुपैयाँ ३५ पैसा भिकेका महामहन्त दासलाई पक्राउ गरेर रुपन्देही पठाइएको छ ।

महामहन्त दासले आफ्नै नाममा रहेको सिद्धार्थनगर शाखाको मेघा बैङ्कको खाताबाट जनकपुरका श्रवण यादवलाई ७ नोभेम्बरमा त्यो पैसा ट्रान्सफर गरेका थिए । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले रोक्का राखेको उनको नामको खाता फुकुवा गराउन महामहन्त दासले त्यहाँका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको पत्रअनुसार महोत्तरी प्रहरीले महामहन्त दासलाई पक्राउ गरेर सिद्धार्थनगर पठाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस