एमालेले सांसदहरुलाई प्रशिक्षण दिँदै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एमालेले सांसदहरुलाई प्रशिक्षण दिँदै


२ पुस २०७९, शनिबार


काठमाडौँ । नेकपा एमालेले नवनिर्वाचित सांसदहरुलाई प्रशिक्षण दिने भएको छ ।

मङ्गलवार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा नवनिर्वाचित सांसदहरुलाई प्रशिक्षण दिने कार्यक्रम तय भएको एमाले नेताहरुले बताएका छन् ।

संसदमा पार्टीका तर्फबाट निर्वाह गर्नुपर्ने भूमिका र पार्टी नीतिबारे अध्यक्ष केपी शर्मा ओलीले निर्देशनात्मक प्रशिक्षण दिने तयारी भएको एमालेले जनाएको छ ।

प्रतिनिधिसभामा ७८ सिट जितेको एमालेमा २९ जना पहिलो पटक सांसद बनेका छन् ।

सोमबार समानुपातिक तर्फबाट सांसद भएकाहरूले प्रमाणपत्र बुझ्दै छन् । एमालेमा प्रत्यक्ष चुनावबाट ४४ जना र समानुपातिकबाट ३४ जना गरी ७८ जना प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस