जिप दुर्घटना हुँदा ११ जना घाइते, ३ जनालाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जिप दुर्घटना हुँदा ११ जना घाइते, ३ जनालाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइँदै


२ पुस २०७९, शनिबार


काठमाडौँ । रामेछापको लिखु तामाकोसी गाउँपालिका–१ दुरा गाउँबाट भुजीतर्फ जाँदै गरेको जिप दुर्घटना भएको छ ।

बा।११ च ७५९२ नम्बरको बोलेरो जिप एकराते पहरा स्थित फास्तुमा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर ११ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनालाई उद्धार गरेर हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर राजुप्रसाद ढकालले बताए ।

४ जना घाइतेलाई बोलेरो गाडीमा राखेर काठमाडौं ल्याइँदै छ । अरू घाइतेको जिल्ला सदरमुकाम मन्थलीमा उपचार हुँदैछ । बोलेरो जिप सडकबाट ५० मिटर तल खसेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस