कतार विश्वकप : तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया भिड्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कतार विश्वकप : तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया भिड्दै


२ पुस २०७९, शनिबार


काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज शनिबार तेस्रो स्थानका लागि खेल हुँदैछ ।

तेस्रो स्थानका लागि प्ले अफमा शनिबार मोरक्को र क्रोएसिया भिड्ने छन् । खालिफा अन्तराष्ट्रिय स्टेडियममा हुने खेल राति ८:४५ बजे सुरु हुनेछ ।

प्रतियोगिताको फाइनल खेल भने आइतबार हुनेछ । फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने छन् ।

मोरक्को र क्रोएसिया आज तेस्रो स्थान हासिल गर्ने योजनासहित मैदान उत्रने छन् । अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २-० ले पराजित भएको थियो ।

यस्तै युरोपियन तथा साविक उपविजेता क्रोएसियालाई अर्जेन्टिनाले ३-० ले हराएको थियो ।

मोरक्को र क्रोएसिया समूह चरणमा समेत प्रतिस्पर्धा गरेका थिए । जुन खेल गोलरहित बराबरीमा सकिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस