अब ८ कक्षासम्म दिवा खाजा, १२ कक्षासम्म निःशुल्क शिक्षा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अब ८ कक्षासम्म दिवा खाजा, १२ कक्षासम्म निःशुल्क शिक्षा


१ पुस २०७९, शुक्रबार


काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले कक्षा ६ सम्म दिँदै आएको दिवा खाजालाई बढाएर आठ कक्षासम्म उपलब्ध गराउने भएको छ।  १२ कक्षासम्म कुनै पनि प्रकारको शुल्क नलिने घोषणा गरेको छ।

नगरपालिका प्रमुख बालकृष्ण बस्नेतले नगरभित्र रहेका ५४ विद्यालयमा दिवाखाजा र निःशुल्क शिक्षाको सुरुआत गरिएको बताए।

माध्यमिक विद्यालयलाई आवश्यक सबै शैक्षिक सामग्री नगरले उपलब्ध गराएपछि विद्यार्थीसँग शुल्क लिन नपाउने उनले  बताए। दिवाखाजा, परीक्षा शुल्क र विज्ञान सङ्कायको प्रयोगशालालाई लाग्ने अतिरिक्त खर्च नगरपालिकाले बेहोर्ने छ। जसका लागि रु दुई करोड ६० लाख रकम छुट्याइएको छ।

शिक्षा शाखा प्रमुख विनोद कार्कीले राज्यले संविधानमा उल्लेख गरेको शिक्षासम्बन्धी प्रावधान नगरपालिकाले यो वर्षदेखि कार्यान्वयन गरेको बताए।

Tags :
प्रतिक्रिया दिनुहोस