चलचित्र ‘डिसेम्बर फल्स’ को ट्रेलर सार्वजनिक « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

चलचित्र ‘डिसेम्बर फल्स’ को ट्रेलर सार्वजनिक


१ पुस २०७९, शुक्रबार


काठमाडौँ । चलचित्र ‘डिसेम्बर फल्स’ को ट्रेलर सार्वजनिक भएको छ ।

बिहीबार साँझ आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक ट्रेलरमा चलचित्रका केही महत्त्वपूर्ण दृश्यले प्राथमिकता पाएको छ । ट्रेलरमा आर्यन र उपासनाको रोमान्स, उमेर अन्तरका कारण आउने समस्या, उपासनाका लागि आर्यनको लडाई पनि देखाइएको छ ।

पुस १५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र एक नर्सको जीवनमा आइपर्ने घटनालाई मुख्य केन्द्रमा राखेर तयार पारिएको चलचित्र हो । चलचित्रमा आर्यन सिग्देल र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको छ ।

चलचित्रमा आर्यन र उपासना, शिवहरि पौडेल, नागेन्द्र रिजाल, सलोन बस्नेत, नरेश भट्टराई, शिशिर राणा, गीता अधिकारी लगायतका कलाकारको अभिनय छ ।

दीपक शर्मा, कोसिस क्षेत्री, सुशान्त गौतम र प्रतीक पौडेलको सङ्गीत, महेश गुप्ताको छायाङ्कन रहेको फिल्म रामप्रसाद रिजालको प्रस्तुति तथा निर्माणमा तयार भएको हो । रामकुमार निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता लक्ष्मण रिजाल र असीम काफ्ले हुन् ।

हेर्नुस् ट्रेलर:

Tags :
प्रतिक्रिया दिनुहोस