एयरहोस्टेसलाई जागिरमा राख्ने सहमतिपछि आन्दोलन स्थगित  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एयरहोस्टेसलाई जागिरमा राख्ने सहमतिपछि आन्दोलन स्थगित 


२९ मंसिर २०७९, बिहिबार


नेपाल वायुसेवा निगम

काठमाडौँ । करारबाट निकालिएकी एयरहोस्टेस स्मिता गुवाजु र आरती महर्जनलगायत सबै ‘क्याबिन क्रु’ को जागिरको सुरक्षा गर्न नेपाल वायुसेवा निगमको व्यवस्थापनले सम्झौता गरेपछि दुई दिनदेखि जारी क्याबिन क्रुको हड्ताल स्थगित भएको छ । 

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नेपाल क्याबिन क्रु सङ्घसँग आगामी दिनमा सबैको करार मिति एकै दिन (पुस १ गते) बाट सुरु हुने र सबैको करार अवधिमा एकरूपता (तीन वर्ष) रहने सम्झौतापछि आन्दोलन स्थगन भएको सङ्घले जनाएको छ ।

संभका अनुसार कार्यकारी अध्यक्ष अधिकारीले सबै क्याबिन क्रु को करार समयमा एकरूपता कायम गर्ने तथा क्याबिन क्रुको सम्बन्धित समस्याबारे अध्ययन गरेर प्रतिवेदन बुझाउन अमृत थापाको नेतृत्वमा अध्ययन उपसमिति बनाइदिएसँगै हड्ताल फिर्ता भएको हो ।

ती अधिकारीका अनुसार निगमको सञ्चालक समितिले पारित गरेको परिचारक र परिचारिकाको कार्यसम्पादन मूल्यांकन तथा नवीकरणसम्बन्धी कार्यविधि-२०७७ अनुसार बिहीबार गरिएको सम्झौतामा कानुनी अड्चन छन् । तर, निगम व्यवस्थापनले सञ्चालक समितिको कार्यविधिलाई नजरअन्दाज गर्दै आन्दोलन रोक्न सम्झौता गरेको छ । उक्त कार्यविधिले एकपटकमा १० जनालाई करारमा लिनुपर्ने, करार सेवा न्यूनतम १ देखि ३ वर्षको हुने, मेडिकल प्रतिवेदन हुनुपर्नेलगायत मापदण्ड बनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस