आज काठमाडौँ महानगरअन्तर्गतका सबै कार्यालय बन्द « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आज काठमाडौँ महानगरअन्तर्गतका सबै कार्यालय बन्द


२९ मंसिर २०७९, बिहिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न कार्यक्रम गरी आज २८ औँ महानगर दिवस मनाइरहेको छ ।

कार्यक्रम मनाउने क्रममा काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयसहित मातहतका सबै कार्यालय आज बन्द गरेको छ ।

महानगरले एक सातादेखि नै विभिन्न कार्यक्रम आयोजना गरी महानगर दिवस मनाइरहेको छ ।

जनप्रतिनिधि र कर्मचारीबीचको फुटबल, फोहोर वर्गीकरण गर्न सचेतना, निःशुल्क स्वास्थ्य शिविर जस्ता कार्यक्रम गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस