सांसदहरूले शपथ लिएलगत्तै माओवादीले दलको नेता चयन गर्ने « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

सांसदहरूले शपथ लिएलगत्तै माओवादीले दलको नेता चयन गर्ने


२९ मंसिर २०७९, बिहिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्र सांसदहरूले शपथ लिएलगत्तै दलको नेता चयन गर्ने प्रक्रियामा जाने भएको छ । निर्वाचन आयोगले मतपरिणाम राष्ट्रपतिलाई बुझाइसकेकाले माओवादीले सांसदहरूको शपथपछि मात्रै दलको नेता चयन गर्ने भएको हो ।

नवनिर्वाचित सांसदलाई संसद्को जेष्ठ सदस्यले पद तथा गोपनियताको शपथ खुवाउने व्यवस्था छ । माओवादीमा संसदीय दलको नेतामा पुष्प कमल दाहाल ‘प्रचण्ड’ हुने निश्चित जस्तै भएकाले अरू नेता कसैले दाबी गरेका छैन । त्यसैले दलको नेता बिस्तारै चयन हुने माओवादी नेता एवम् नव निर्वाचित प्रतिनिधि सभा सदस्य रेखा शर्माले बताइन् । 

माओवादीबाट निर्वाचित ३२ जना सांसद छन् । प्रचण्ड दलको नेता हुने निश्चित जस्तै भएकाले पहिलो चरणमै प्रधानमन्त्री कसरी हुने भन्ने विषय छलफल तीव्र बनाएका छन् । त्यसका लागि प्रचण्डले विभिन्न पार्टीका नेताहरू निरन्तर छलफल जारी राखेका छन् । यद्यपि नेपाली काँग्रेस संसद्को पहिलो दल भएकाले सरकारको नेतृत्व नछोड्ने मुडमा देखिएको छ भने गठबन्धनमा भागबन्डा पेचिलो बनेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस