निगमका १ सय बढी ‘एयर होस्टेज’ आन्दोलनमा, यस्ता छन् माग ! « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

निगमका १ सय बढी ‘एयर होस्टेज’ आन्दोलनमा, यस्ता छन् माग !


२९ मंसिर २०७९, बिहिबार


नेपाल वायुसेवा निगम

काठमाडौँ । करार सेवामा कार्यरत नेपाल वायुसेवा निगमका १ सय बढी एयर होस्टेज (क्याबिन क्रु) आन्दोलनमा उत्रिएका छन् ।

म्याद सकिने बित्तिकै करार अवधि थप गर्न र जागिरको सुनिश्चितताको माग गर्दै निगमको केन्द्रीय कार्यालय सुन्धारामा उनीहरूले धर्ना दिएका हुन् । करार सेवामा रहेका कर्मचारीहरूको करार थप गर्ने समय पुग्दा पनि अवधि थप गर्न ढिलाइ गरेको, करार नथप्ने प्रपञ्च गरेको भन्दै बिहिबारदेखि उनीहरूले निगमको कार्यालयमा धर्ना दिँदै कामकाजमा गएका छैनन् । 

निगममा करारमा रहेका झन्डै १२० जना क्याबिन क्रु धर्नामा रहेका छन् । निगमले १५ वर्ष करारमा सेवा गरेका आरती महर्जन र स्मिता गुभाजुको करार अवधि थप नगरेको भन्दै नेपाल वायुसेवा क्याबिन क्रु सङ्घले एक विज्ञप्ति जारी गर्दै करारनामा नभएका कर्मचारीको करार थप गर्न माग गरेको छ । मासिक १०० घण्टाभन्दा बढी उडान गर्न नपाउने व्यवस्था रहेपनि सोभन्दा बढी दिनरात उडान गराएकाले क्याबिन क्रुमा सञ्चित थकान रहेकोले उडान कार्यमा सहभागी हुन नसक्ने जनाइएको छ । 

क्याबिन क्रु आरती महर्जनले करार नवीकरणको समय आएपनि निगमको व्यवस्थापन पक्षले चलखेल गरेर आफ्नो मान्छे भर्ती गर्न वर्षौदेखि काम गर्दै आएका क्याबिन क्रु को नवीकरण रोक्न चलखेल गरेको बताइन् । नवीकरण रोक्न खोजेका कारण मानसिक तनावमा रहेका क्याबिन क्रु का कर्मचारी मानसिक रूपमा बिरामी रहेकोले हवाई उडान तथा कार्यकालको काम गर्न नसक्ने अवस्थामा रहेको उल्लेख गरिन् । 

करारका क्याबिन क्रुले आफ्नो कामकाज ठप्प पारेपछि दश-बाह्र जना स्थायी क्याबिन क्रुको सहयोगमा विमान उडाउने काम भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस