श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ


२९ मंसिर २०७९, बिहिबार


पक्राउ

काठमाडौँ । तनहुँमा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ परेकी छन् ।

४० वर्षीय श्रीमान् मनबहादुर नेपालीको ढुङ्गा प्रहार गरी हत्या गरेको आरोपमा तनहुँ शुक्लागण्डकी नगरपालिका–४ प्रगति टोल बस्ने ३६ वर्षीया सुशीला बिकलाई प्रहरीले पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरी घरायसी वादविवादको कारण सुशीलाले श्रीमानको टाउकोमा ढुङ्गा प्रहार गर्दा गम्भीर घाइते भएका थिए ।

इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि जिपी कोइराला राष्ट्रिय श्वास–प्रश्वास उपचार केन्द्र बेलचौतारामा पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस