म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु, केही नयाँ गर्छु : प्रचण्ड « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु, केही नयाँ गर्छु : प्रचण्ड


२८ मंसिर २०७९, बुधबार


काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू छिट्टै प्रधानमन्त्री बन्ने सङ्केत गरेका छन् । बुधबार कास्कीको अन्नपूर्ण गाउँपालिकामा आयोजित कार्यक्रममा प्रचण्डले भनेका छन्, ‘तपाईँहरूको आशीर्वाद लाग्यो भने म छिट्टै देशको नेतृत्व गर्ने ठाउँमा पुग्दैछु ।’

पहिलो कार्यकाल विधि, प्रक्रिया बुझ्न नपाई बितेको र दोस्रो कार्यकालमा मधेस, पहाड, हिमाललाई एकताबद्ध गर्ने प्रक्रियामा भूमिका खेलेको सुनाएका उनले बाँकी जीवन सुशासन र विकासका निम्ति समर्पित गर्ने प्रण गरेको बताए ।

नयाँ दलहरूको उदय प्रमुख दलहरुलाई चुनौतीसँगै अवसर भएको उनले बताए । 

देशको विकासका लागि भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त बनेको भन्दै माओवादी अध्यक्ष प्रचण्डले देशको नेतृत्व गर्ने अवसर पाए केही नयाँ गर्ने बताए ।

उनले अगाडि भने, ‘हामीले आफ्नो घोषणापत्रमा भनेका छौँ ०४७ सालयताको राजनीतिक नेतृत्व र सरकारमा रहेका विशिष्ट व्यक्तिहरूको सम्पत्ति छानबिन गरेर भ्रष्टाचार गरेको देखियो भने कडा कारबाही गर्नुपर्छ ।’

यो पटक गोरखा क्षेत्र नम्बर २ बाट चुनाव जितेका माओवादी अध्यक्ष प्रचण्डले समय भनेको जस्तो भयो अर्को पटक कास्की हुन पनि बेर नलाग्ने समेत बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस