थप ७ वटा मुद्दा लिएर सर्वोच्च गयो अख्तियार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

थप ७ वटा मुद्दा लिएर सर्वोच्च गयो अख्तियार


२८ मंसिर २०७९, बुधबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग थप ७ वटा मुद्दाको पुनरावेदनमा गएको छ । यसअघि पनि विशेष अदालतको फैसलाउपर चित्त नबुझाएर पुनरावेदनमा गएको अख्तियार बुधबार थप ७ मुद्दा बोकेर सर्वोच्च अदालत पुगेको हो । 

राजस्व चुहावट, सार्वजनिक सम्पत्ति हानि नोक्सानी र घुस रिसवतसम्बन्धी ७ वटा मुद्दा आयोगको निर्णयअनुसार बुधबार सर्वोच्चमा पुनरावेदन गरिएको प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस