पक्राउ परे नेहाका श्रीमान् डा. पङ्कज चौधरी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पक्राउ परे नेहाका श्रीमान् डा. पङ्कज चौधरी


२८ मंसिर २०७९, बुधबार


काठमाडौँ । दाइजो तथा श्रीमतीमाथि घरेलु हिंसाको आरोप लागेका महोत्तरी रामगोपालपुर-५ का डा. पङ्कज चौधरी पक्राउ परेका छन् ।

दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई कुटपिट गरी घरबाट निकालेको जाहेरीका आधारमा महोत्तरी प्रहरीले उनलाई मङ्गलवार पक्राउ गरेको हो । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखिएको छ ।

श्रीमान् चौधरीविरुद्ध नेहाले एक साताअघि घरेलु हिंसा र दाइजोविरुद्धका दुई मुद्दा दायर गरेकी थिइन् । तीन वर्षको प्रेम पश्चात गत फागुनमा महोत्तरीकै औरही नगरपालिका १ की नेहा र डा पङ्कजबिच सामाजिक परम्परा अनुसार विवाह भएको थियो ।

विवाहको केही समयदेखि नै पर्याप्त दाइजो नदिएको निहुँमा श्रीमान् र परिवारले शारीरिक तथा मानसिक यातना दिन सुरु गरेको नेहाले आरोप छ ।

Tags :
प्रतिक्रिया दिनुहोस