खिजिफलाटे प्रहरी चौकीका प्रमुख राई सुतेकै ठाउँमा मृत फेला  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

खिजिफलाटे प्रहरी चौकीका प्रमुख राई सुतेकै ठाउँमा मृत फेला 


२७ मंसिर २०७९, मंगलबार


काठमाडौँ । ओखलढुङ्गाको इलाका प्रहरी कार्यालय खिजिफलाटेका प्रमुख एवम् प्रहरी निरीक्षक श्रीप्रसाद राई मृत भेटिएका छन् । राई आफ्नै घर सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका ३ बासामा मृत भेटिएका हुन् ।  

ओखलढुङ्गाको खिजिफलाटेमा कार्यरत राई पारिवारिक भेटघाटका लागि केही दिन अगाडि मात्र घर बिदामा थिए । हिजो (सोमवार) बेलुका साथीभाइसँग रमाइलोका साथ खानपिन गरेर सुतेका राई आज (मङ्गलवार) बिहान आफ्नै ओछ्यानमा मृत भेटिएको पारिवारिक स्रोतले जनाएको छ । 

सोमवार बेलुका राम्रैसँग खाना सुतेको तर मङ्गलवार बिहान मृत भेटिएको परिवारले जानकारी गराएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरीले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस