गगन र विश्वप्रकाशले बोले,राम्रो गरे, तर उनीहरू गरेर देखाउने हैसियतमा छन् : गोकुल बास्कोटा « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

गगन र विश्वप्रकाशले बोले,राम्रो गरे, तर उनीहरू गरेर देखाउने हैसियतमा छन् : गोकुल बास्कोटा


२७ मंसिर २०७९, मंगलबार


काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले अध्यादेशबारे नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बोलेर राम्रो गरेको बताएका छन् । मङ्गलवार बास्कोटाले ट्‍वीट गर्दै गगन र विश्वप्रकाशले गरेर देखाउने हैसियतमा भएको बताएका छन् ।

गगन र विश्वप्रकाशले बोले,राम्रो गरे । तर उनीहरूसँग बोल्न बाँकी अझै केही छ कि गरेर देखाउन धेरै बाँकी छ रु म आशा गर्छु। उनीहरू गरेर देखाउने हैसियतमा छन् बास्कोटाले ट्‍वीट गरेका छन् ताजा जनादेशसँगै संसद्‌ बैठक तयारी चल्दै गर्दा शेरबहादुर देउवाद्वारा जारी अध्यादेश फिर्ता गराउन र मलको हाहाकार र कालो बजारी बन्द गराउन सकुन् । शुभेच्छा !

थापाले सरकारले ल्याएको अध्यादेश कानुनी, राजनीतिक र नैतिक हिसाबले गलत रहेको बताएका थिए । उनले फेसबुकमा स्ट्याटस लेख्दै सरकारले अध्यादेश ल्याउने निर्णयको विषय र प्रक्रियामा महामन्त्री विश्वप्रकाश शर्माको धारणामा शतप्रतिशत सहमत रहेको उल्लेख गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस