प्रदेश प्रमुख खापुङले गरे आँखा अस्पतालको समुद्घाटन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रदेश प्रमुख खापुङले गरे आँखा अस्पतालको समुद्घाटन


२६ मंसिर २०७९, सोमबार


काठमाडौँ । प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले विराटनगर उपमहानगर १४, रानीस्थित हाजी आँखा अस्पतालको समुद्घाटन गरेका छन् । 

आँखा अस्पताल स्थापनाले मुलुकमा स्वास्थ्य तथा आर्थिक क्षेत्रमा योगदान हुने उनको विश्वास छ । हाजी आँखा अस्पतालले नेपाल तथा भारतको विहार प्रान्तका धेरै सेवाग्राहीहरू लाभान्वित बन्ने कुराले आफू हर्षित भएको खापुङले बताए । 

विशेष अतिथि रहनुभएका प्रदेश सरकारका स्वास्थ्य मन्त्री जयराम यादवले विराटनगरमा खोलिएका यस्ता अस्पतालको सेवाग्राही भारतमा पनि धेरै भएका तर नोट सटहीको उचित व्यवस्थापन नहुँदा समस्या पर्ने भएकाले यस्ता समस्यालाई सुल्झाउनमा पहल गरिनुपर्ने बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस