गाउँपालिका अध्यक्षका छोरा जङ्गलमा मृत फेला  « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

गाउँपालिका अध्यक्षका छोरा जङ्गलमा मृत फेला 


२६ मंसिर २०७९, सोमबार


काठमाडौँ । कञ्चनपुरको लालझाँडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाका छोरा आज (सोमबार) जङ्गलमा मृत भेटिएका छन् ।

लालझाँडी गाउँपालिका-२ स्थित जङ्गलको एउटा रुखमा २० वर्षीय मनोज राना झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारी नेतृत्वको टोली अहिले घटनास्थलमा पुगेको छ ।

उनका अनुसार राना एउटा रुखको हाँगामा प्लास्टिकको डोरीमा झुण्डिएको अवस्थामा फेला परेका छन् । घटनास्थल घरभन्दा करिब १ किलोमिटर टाढा रहेको छ । अध्यक्ष राना भने काठमाडौँमा छन् । खबर सुनेपछि उनी फर्किरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस