ग्वार्कोमा अत्यधिक सवारी जाम, ट्राफिकले वैकल्पिक मार्गबाट सवारी डाइभर्ड गर्दै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ग्वार्कोमा अत्यधिक सवारी जाम, ट्राफिकले वैकल्पिक मार्गबाट सवारी डाइभर्ड गर्दै


२६ मंसिर २०७९, सोमबार


काठमाडौँ । ललितपुरको ग्वार्को-बालकुमारी सडक खण्डमा अत्यधिक सवारी जाम हुन थालेको छ । ग्वार्को चोकमा फ्लाइओभर निर्माण भइरहेकाले सो क्षेत्रमा जाम भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

बालकुमारी पुलबाट बल्खु जाने आउने यात्रुवाहक, मालवाहक तथा दुई पाङ्ग्रे सवारी साधनलाई सर्भिस लेनमा र निजी चार पाङग्रे सवारी साधनलाई फास्ट ट्रयाकमा डाइभर्सन गरिएको ट्राफिकले जनाएको छ ।

तोकिएको सडक लेनबाट यात्रा गर्न र गराउन चालकलाई ट्राफिक कार्यालयले अनुरोध गरेको छ । यसबाहेक उपत्यकाका अन्य स्थानको सवारी आवागमन सामान्य रहेको छ ।

विभिन्न नाका प्रयोग गरी उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि सामान्य रूपमा नै सञ्चालन भैरहेको ट्राफिक कन्ट्रोल रुमले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस