धनुषामा महिलाको विभत्स हत्या, श्रीमान् पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

धनुषामा महिलाको विभत्स हत्या, श्रीमान् पक्राउ


२६ मंसिर २०७९, सोमबार


जनकपुरधाम । धनुषामा एक महिलाको विभत्स हत्या भएको छ। जिल्लाको बटेश्वर गाउँपालिका–५ शान्तिपुरका वीरेन्द्र यादवकी श्रीमती २७ वर्षीया रितादेवी यादवको हत्या भएको हो।

गए राति धारिलो हतियार प्रहार गरी रितादेवीको हत्या भएको प्रहरीले जनाएको छ।

यस घटनापश्चात् प्रहरीले मृतकका श्रीमान् वीरेन्द्र यादवलाई नियन्त्रणमा लिएको धनुषा प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस