बाराही हाइड्रोपावरमा आईपीओ भर्ने आज अन्तिम दिन « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

बाराही हाइड्रोपावरमा आईपीओ भर्ने आज अन्तिम दिन


२६ मंसिर २०७९, सोमबार


काठमाडौँ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले बिक्री खुलाएको साधारण सेयर (आईपीओ)मा आवेदन दिने सोमबार (आज) अन्तिम दिन रहेको छ । मङ्सिर २१ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको थियो ।

कम्पनीले यस अघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि २ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको थियो। जसमध्ये १ लाख ४६ हजार कित्ता सेयर बाँडफाँट गरेको छ । बाँकी रहेको १ लाख ४ हजार कित्ता सेयर र सर्वसाधारणका लागि छुट्याइएको ४ लाख ५० हजार कित्ता सेयर गरी कुल ५ लाख ५४ हजार कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

५ प्रतिशत अर्थात् २७ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ । त्यसपछि बाँकी रहनेमध्ये २ प्रतिशत अर्थात् ११ हजार ८० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ५ लाख १५ हजार २२० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

Tags :
प्रतिक्रिया दिनुहोस