९२ किलो गाँजासहित ३ जना पक्राउ « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

९२ किलो गाँजासहित ३ जना पक्राउ


२५ मंसिर २०७९, आइतबार


काठमाडौँ । सिरहाको धनगढीमाई नगरपालिका-१२ स्थित कुस्माहा खुट्टी खोलाबाट प्रहरीले गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भगवानपुर नगरपालिका–४ घर भएका ४४ वर्षीय शिवनाथ मण्डल, ५५ वर्षीय बेचु मण्डल र सप्तरीको बोदेबसाइन नगरपालिका–९ घर भएका ४८ वर्षीय रामकुमार शाह छन् । 

इलाका प्रहरी कार्यालय विष्णुपुरकट्टि र इलाका प्रहरी कार्यालय लहानको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । आरोपीहरूको साथबाट ९२ किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । 

आरोपीहरू गाँजा लिएर कुस्माहा खुट्टी खोलाबाट दक्षिणतर्फ आउँदै गरेको अवस्थामा पक्राउ परेका हुन् । प्रहरीले उनीहरूमाथि लागूऔषध मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस