एकनाथ ढकाललाई सांसद बनाएकोमा भीम रावलले जनाए आपत्ति « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एकनाथ ढकाललाई सांसद बनाएकोमा भीम रावलले जनाए आपत्ति


२५ मंसिर २०७९, आइतबार


काठमाडौँ । एमाले नेता भीम रावलले परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिकबाट सांसद बनाएकोमा आपत्ति जनाएका छन् । 

एमालेले ढकाललाई समानुपातिकबाट सांसदमा सिफारिस गरेको छ । विवादास्पद युनिफिकेशन चर्चसँग आबद्ध होली वाइन भनी चर्चित नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई एमालेले समानुपातिकबाट प्रतिनिधि सभाको सदस्य बनाएको भन्दै रावलले आपत्ति जनाएका हुन् ।

ढकाललाई संसदमा सिफारिस गरेपछि एमालेभित्रै विरोध भइरहेको छ । 

सामाजिक सञ्जाल ट्वीटरमा भीम रावलले लेखेका छन्-अमेरिकामा कर छलीको आरोपमा २ वर्ष र कोरिया जासुसीको आरोपमा ३ वर्ष कारावासको सजाय भोगेका सन मुङ मुनद्वारा स्थापित विवादास्पद युनिफिकेशन चर्चसँग आबद्ध होली वाइन भनी चर्चित नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई नेकपा एमालेले समानुपातिकबाट प्रतिनिधिसभाको सदस्य बनाएको छ । परिवार दलले ढकालको हस्ताक्षरबाट चुनावमा उम्मेदवार पनि उठाएको छ । एकसाथ एउटा दलको अध्यक्ष र अर्का दलको समानुपातिक प्रणालीबाट प्रतिनिधिसभाको सदस्य, क्या चमत्कार १ राजनीतिमा नैतिकताको खडेरी १ स्मरणीय छ ढकालको विवाह पनि विदेशी महिलासँग भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस