राप्रपाले पनि टुङ्ग्यायो समानुपातिक सांसद, को-को परे ? « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राप्रपाले पनि टुङ्ग्यायो समानुपातिक सांसद, को-को परे ?


२४ मंसिर २०७९, शनिबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक पद्धतिबाट चयन हुने प्रतिनिधिसभा सदस्यको नामावली टुङ्गो लगाएको छ ।

शनिबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले समानुपातिक पद्धतिमा पाएको ७ जनाको नाम टुङ्गो लगाएको हो ।

जसमा खस आर्य समुदायबाट पशुपति शमशेर जबरा, रोशन कार्की र गीता बस्नेत रहेका छन् ।

आदिवासी जनजाति समुदायबाट बुद्धिमान तामाङ र बिना लामा, मधेसीबाट बिना जयसवाल र दलितबाट अनिता नेपाली चयन भएका राप्रपा स्रोतले जनाएको छ ।

प्रतिनिधिसभामा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न राप्रपाले समानुपातिक पद्धतिबाट २ जना पुरुष मात्र चयन गर्न पाउँथ्यो ।

खस आर्य क्लस्टरको पहिलो नम्बरमा रहेका पशुपति शमशेर जबराको नाममा विवाद थिएन । तर दोस्रो पुरुषमा आदिवासी जनजाति क्लस्टरको पहिलो नम्बरमा रहेका बुद्धिमान तामाङ, खस आर्य क्लस्टरको दोस्रो नम्बरमा रहेका डा। प्रकाशचन्द्र लोहनी र मधेसी क्लस्टरको पहिलो नम्बरमा रहेका प्रल्हाद साहमध्ये को चयन हुने भन्ने विवाद थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस