कर्णाली नदीमा जेसिबी खस्दा २ जनाको मृत्यु, तीन जना बेपत्ता « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

कर्णाली नदीमा जेसिबी खस्दा २ जनाको मृत्यु, तीन जना बेपत्ता


२४ मंसिर २०७९, शनिबार


काठमाडौँ । कर्णाली करिडोरको कालिकोट खण्डबाट कर्णाली नदिमा जेसिबी खस्दा दुई जनाको मृत्यु भएको छ।

शनिबार दिउँसो साढे १ बजे कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ अधेरी खोला नजिकबाट जेसिबी नदीमा खसेको प्रहरीले जनाएको छ।

दुर्घटना हुँदा सान्नीत्रिवेणी गाउँपालिका–१ का ३० वर्षीया चरित्र सार्की र वडा नम्बर २ का १६ वर्षीया युवराज बुढाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा तीन जना बेपत्ता भएका छन्।

कैलालीका जेसिबी चालक अन्दाजी २३ वर्षीय कमल सोडारी, सान्नीत्रिवेणी नगरपालिका–१ कालीकोटका १९ वर्षीय उमेश गिरी, सोही ठाउँका १४ वर्षीय रक्तिम कार्की बेपत्ता भएको प्रहरीले जनाएको छ ।

कालीकोटका रास्कोट नगरपालिका–७ का १४ वर्षीय मिलन शाही, खाँडाचक्र नगरपालिका–११ का १४ वर्षीया विकास भारती र १४ वर्षीया आशिष भारती घाइते छन्।

प्रहरीका अनुसार बेपत्ता भएकाहरूको खोजी भइरहेको छ। घटनामा घाइते भएका तीन जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ। जेसिबी सडकदेखि ८० मिटर तल नदीमा खसेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस