सन्यास लिने नेयमारको संकेत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सन्यास लिने नेयमारको संकेत


२४ मंसिर २०७९, शनिबार


काठमाडौँ । ब्राजिलियन फरवार्ड नेयमारले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने संकेत गरेका छन् ।

कतार विश्वकपको क्वाटरफाइनलबाट ब्राजिल बाहिरिएपछि नेयमारले सन्यासको योजना बनाएको बताईएको छ ।

शुक्रबार राति क्रोएसियासँग पेनाल्टी सुटआउटमा पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएको थियो ।

हारपछि ब्राजिलका मुख्य प्रशिक्षक टिटेले राजीनामा घोषणा गरिसकेका छन् । नेयमारले भने यस विषयमा सोच्ने बताएका छन् ।

‘म राष्ट्रिय टोलीका लागि कुनै ढोका बन्द गरिरहेको छैन तर म फर्कने शतप्रतिशत ग्यारेन्टी पनि दिइरहेको छैन,’३० वर्षीय नेयमारले भने, ‘मैले यसबारे अलि बढी सोच्न आवश्यक छ, मेरो लागि र राष्ट्रिय टोलीको लागि सही कुरा के हो।’

नेयमारले १८ वर्षकै उमेरमा राष्ट्रिय टिममा डेब्यु गरेका थिए । फ्रेन्च क्लब पीएसजीका फरवार्ड नेयमारले ब्राजिलका लागि ७७ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडी पेलेको कीर्तिमानसँग बराबरी गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस