अब राष्ट्र बैंकभित्रै सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

अब राष्ट्र बैंकभित्रै सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा


२३ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना गर्ने निर्णय गरेको छ । महाशाखाले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्ने निर्णय भएको राष्ट्र बैङ्कले जनाएको छ ।

राष्ट्र बैङ्कका अनुसार १ माघदेखि कार्य सञ्चालनमा आउने गरी बैङ्कभित्र अलग्गै सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना गरिन लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस