संचालकहरुबाटै न्यायिक निकाय खतरामा छ : वरिष्ठ अधिवक्ता कार्की « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

संचालकहरुबाटै न्यायिक निकाय खतरामा छ : वरिष्ठ अधिवक्ता कार्की


२३ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । वरिष्ठ अधिवक्ता बद्रिबहादुर कार्कीले न्यायिक निकायहरू यसका संचालकबाटै खतरामा परेका टिप्पणी गरेका छन्। चोलेन्द्रशमशेर जबराको महाभियोग फुकुवासम्बन्धी रिटको बहसका क्रममा उनले यस्तो बताएका हुन्।

न्यायिक निकायहरू प्रमुखहरुबाटै खतरामा परकाले अहिलेसम्म बनेका संविधानहरू असफल भएको तर्क छ। प्रधानन्यायाधीश बनाइएका जबराले नै न्यायिक संरचना बिगार्न चाहेको कार्कीको आरोप छ।

‘कार्यवाहक घरमा बस्ने, निलम्बित सरकारी निवासमा बस्ने। यस्तो संसारमा कतै छ श्रीमान् ?’ उनले भने, ‘जसलाई समाजले प्रधानन्यायाधीशसम्म पुर्‍यायो उसैले इन्स्टिच्युसन बनाउन होइन, बिगार्न चाहेको छ।

संसद्को एउटा कर्मचारीले नै निर्लज्जतापूर्वक खिल्ली उडाएको उनले बताए। निलम्बित प्रधानन्यायाधीश जबराको महाभियोग फुकुवाविरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाइ संवैधानिक इजलासमा जारी छ।

Tags :
प्रतिक्रिया दिनुहोस