बलात्कार प्रयास आरोपमा हवल्दार पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बलात्कार प्रयास आरोपमा हवल्दार पक्राउ


२२ मंसिर २०७९, बिहिबार


काठमाडौँ । मोरङको लेटाङ नगरपालिकामा बलात्कार प्रयास आरोपमा सैनिक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार लेटाङ २ का ४५ वर्षीय अवकाश प्राप्त सैनिक भीम मल्ललाई बुधबार राति घरबाट प्रहरीले पक्राउ गरेको हो।

आफ्नै आफन्तकी १४ वर्षीया छोरीलाई लालनपाल तथा संरक्षणका लागि घरमा राखेका मल्लले बलात्कारको प्रयास गरेको खुलेको हो।

बालिकालाई बलात्कारको प्रयास गरेको जनाउँदै किटानी जाहेरी परेपछि प्रहरीले नेपाली सेनाका अवकाश प्राप्त हवल्दार मल्ललाई पक्राउ गरेको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार घरमा कोही पनि नभएको मौका छोपेर बालिकालाई बारम्बार बलात्कारको प्रयास गर्दै अश्लील भिडियो देखाउने गरेका थिए।

प्रहरीले पक्राउ परेका मल्लविरुद्ध जबरजस्ती करणी उद्योगको मुद्दा चलाउने मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस