कैलाली हत्या प्रकरण : सालालाई हँसिया प्रहार गर्ने भिनाजु प्रहरी नियन्त्रणमा « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

कैलाली हत्या प्रकरण : सालालाई हँसिया प्रहार गर्ने भिनाजु प्रहरी नियन्त्रणमा


२२ मंसिर २०७९, बिहिबार


धनगढी । कैलालीमा हँसिया प्रहार गरेर सालाको हत्या गर्ने ५० वर्षीय गौरीलाल ढुङ्गानाले प्रहरीमा आत्मसमर्पण गरेका छन् ।

जोशीपुर गाउँपालिका ६ का ढुङ्गाना आफैँ इलाका प्रहरी कार्यालय सडकपुरको सम्पर्कमा आएपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयले उनी सम्पर्कमा आएपछि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।

ढुङ्गानाले मङ्गलवार जोशीपुर गाउँपालिका ६ कुमारी बागका ३३ वर्षीय पदमराज भण्डारीको हँसिया प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । भण्डारी र ढुङ्गानाबिच साला–भिनाजुको नाता पर्दछ ।

उनको हँसिया प्रहारबाट सोही ठाउँका ४० वर्षीय जयराज भण्डारी गम्भीर घाइते भएका छन् । उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस