सिद्धार्थनगर पनि हटाउन थाल्यो सडक अतिक्रमण गरी बनाएका संरचना तथा व्यापार व्यवसाय « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सिद्धार्थनगर पनि हटाउन थाल्यो सडक अतिक्रमण गरी बनाएका संरचना तथा व्यापार व्यवसाय


२१ मंसिर २०७९, बुधबार


काठमाडौँ । भैरहवाको सिद्धार्थनगर नगरपालिकाले पनि सडक अतिक्रमण गरी बनाएका संरचना र व्यापार व्यवसाय हटाउन सुरु गरेको छ। 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै अन्तर्राष्ट्रिय सहरसँग जोडिएको नगरको सुन्दरता जोगाउन फुटपाथ अतिक्रमण गरी बनाइएका संरचना र व्यापार व्यवसाय हटाउन सुरु गरिएको नगर प्रमुख ईस्तियाक अहमद खानले बताए।

अतिक्रमणले नगर कुरूप देखिएको र सर्वसाधारणलाई हिँडडुल गर्नसमेत समस्या भएकाले नगरपालिकाको कार्यालयले अतिक्रमण हटाउन थालेको मेयर खानले जानकारी दिए। सडक र फुटपाथ अतिक्रमण हटाउन नगरपालिकाले नगर प्रहरी परिचालन गरेको छ।

पटक-पटक सचेत गराउँदासमेत अटेर गरे अतिक्रमण गरी राखिएका सामग्री नियन्त्रणमा लिने नगरपालिकाको चेतावनी छ।

Tags :
प्रतिक्रिया दिनुहोस