विश्वकप लिग टु : नामिबिया विरुद्ध टस जितेर बलिङ गर्दै नेपाल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विश्वकप लिग टु : नामिबिया विरुद्ध टस जितेर बलिङ गर्दै नेपाल


२१ मंसिर २०७९, बुधबार


काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग टुमा अन्तर्गत घरेलु टोली नामिबियासँगको खेलमा नेपालले टस जितेर बलिङ गर्ने भएको छ ।

युनाइटेड क्लब क्रिकेट ग्राउण्डमा हुने खेलमा नेपालले फिल्डिङ गर्ने निर्णय गरेको हो ।

नामिबियासँगको यो खेलका लागि नेपाली टिममा एक परिवर्तन गरिएको छ । करण केसीको स्थानमा सोमपाल कामी पहिलो रोजाईँमा मैदान उत्रिएका छन् ।
नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित यस शृङ्खलामा नेपालको यो तेस्रो खेल हो । नेपाल र नामिबियाबीच यसअघिको खेल वर्षाले प्रभावित हुँदा नतिजा विहीन बनेको थियो, जसले गर्दा दुवैले अङ्क बाँडेका थिए ।

दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको थियो । पहिलो खेलमा स्कटल्याण्डसँग पराजित भएको नामिबियाले नेपालसँग अङ्क बाँडेको थियो भने त्यसपछि स्कटल्याण्डलाई हराएको थियो ।

घरेलु टोली नामिबियासँग खेल्दा नेपाल यस टुरको पहिलो जितको खोजीमा हुनेछ । नेपालले कम्तीमा तीन खेल जित्ने लक्ष्य राखे पनि त्यो पूरा नहुने भएको छ । तर उत्कृष्ट प्रदर्शन गर्दै बाँकी दुई खेल जित्न सकेमा नेपालको नामिबिया भ्रमण सुखद हुनेछ ।

नेपालले शृङ्खलाको अन्तिम खेल बिहीबार स्कटल्याण्डसँग खेल्नेछ । सात राष्ट्र सहभागी लिग टु मा नेपाल २२ खेलबाट १८ अङ्कसहित छैटौँ स्थानमा छ । नामिबिया २९ खेलबाट ३५ अङ्कसहित तेस्रो स्थानमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस