काठमाडौँ । मोलुङ हाइड्रोपावर कम्पनीले आइपीओ बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।
आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल ३५ लाख ३१ हजार कित्ता सेयर बिक्री गर्नका लागि मोलुङले बोर्डद्वारा अनुमति पाएको हो।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आइपीओ जारी गर्नेछ।
त्यस्तै, दोस्रो चरणमा सर्वसाधारणहरुका लागि आइपीओ निष्काशन गर्ने तयारी रहेको यस आइपीओको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ।