एमाले केन्द्रीय कार्यालय बैठक बस्दै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एमाले केन्द्रीय कार्यालय बैठक बस्दै


२१ मंसिर २०७९, बुधबार


काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक आज बस्दै छ।

मंसिर ४ को निर्वाचनपछि पहिलो बैठक बस्न लागेको केन्द्रीय कार्यालयले जनाएको छ ।

आजको बैठकले केन्द्रीय सचिवालय बैठकको अजेन्डा तय गर्ने बताइएको छ। केन्द्रीय सचिवालयको बैठकअघि एमालेको केन्द्रीय कार्यालय बैठक बस्ने गर्छ।

दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बैठक बस्न लागेको हो । बैठकमा समानुपातिकको बन्द सूचीबारे पनि आवश्यक छलफल हुने बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस