चिनियाँ जहाज बेच्न वायुसेवा निगमद्वारा मूल्याङ्कनका लागि टेन्डर आव्हान « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

चिनियाँ जहाज बेच्न वायुसेवा निगमद्वारा मूल्याङ्कनका लागि टेन्डर आव्हान


२० मंसिर २०७९, मंगलबार


काठमाडौँ । नेपाल वायुसेवा निगमले पाँच वटा चिनियाँ जहाज बेच्ने भएको छ । निगमले मंगलबार एक सूचना जारी गर्दै ज २ वटा एमए-६० र ३ वटा वाई-१२ जहाज बिक्री गर्न मूल्याङ्कनका लागि कम्पनी छनोट गर्न टेन्डर आव्हान गरेको हो ।

२०७७ साउनदेखि चिनियाँ जहाजको उडान नगर्ने भन्दै ग्राउन्डेड गरेको निगमले १५ दिनको समय दिएर कम्पनी छनोटका लागि सूचना जारी गरेको छ । यी जहाजको इन्टरनेशन सोसाइटी अफ ट्रान्सपोर्ट एयरक्राफ्ट ट्रेडिङको मापदण्डभित्र रहेर पूर्ण मूल्याङ्कन गर्न इच्छुक फर्म र कम्पनीबाट निगमले प्रस्ताव मागेको हो ।

आफूले चलाउन नसकेपछि भाडामा लगाउने सोच बनाएको निगमको चीनबाट भित्र्याएका जहाजमा कसैले रुचि नदेखाएपछि बेच्नका लागि मूल्याङ्कन प्रक्रिया थालेको हो ।

हचुवामा निर्णय गर्ने र व्यवस्थापनमा ध्यान नदिने गरेकै कारण सरकारी स्वामित्वका संस्थाहरू क्रमशः डुबानमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस