संसदीय दलको नेताका लागि देउवाले मागे शशाङ्क कोइरालासँग मत  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

संसदीय दलको नेताका लागि देउवाले मागे शशाङ्क कोइरालासँग मत 


२० मंसिर २०७९, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेता चुनिनका लागि नेता डा.शशाङ्क कोइरालासँग मत मागेका छन् ।

निर्वाचनपछि बधाई साट्न बालुवाटार पुगेका कोइरालासँग देउवाले मत मागेका हुन् । 

देउवाले मत मागेपछि सल्लाह गरौँला नि भनी जवाफ फर्काएका थिए । देउवा र कोइरालाको २÷३ पछि पुन संवाद हुने पनि बताइएको छ । 

संसदीय दलको नेताका लागि संस्थापन पक्षबाट देउवा निर्विकल्प उम्मेदवार बनेका छन् । संस्थापनइतरबाट महामन्त्री गगन थापाले उम्मेदवारी घोषणा गरेपनि उक्त समूहको एकल उम्मेदवार चयन हुन सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस