थापाथलीको सुकुम्वासी बस्ती हटाउन माग गर्दै प्रदर्शन « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

थापाथलीको सुकुम्वासी बस्ती हटाउन माग गर्दै प्रदर्शन


२० मंसिर २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुम्वासी बस्ती हटाउन माग गर्दै महानगरपालिका कार्यालय अगाडि प्रदर्शन भएको छ ।

उपत्यकावासी व्यवस्थापन तथा सहयोग सङ्घर्ष समितिले नक्कली सुकुम्वासीहरूले थापाथलीमा भूमि कब्जा गरेको भन्दै पहिचान गरेर कारबाही गर्न माग गरेको हो ।

समितिले महानगरका मेयर बालेन्द्र साह (बालेन) लाई ध्यानाकर्षण पत्र समेत बुझाएको छ । ‘कथित सुकुम्वासीको घर टहरा हटाई, राजधानीको सौन्दर्यता, सुशान्ति र मैत्रीपूर्ण वातावरण सिर्जना गर्न एक इन्च पनि महानगर पछि नहटोस्’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस