दैलेखमा सकेट बम फेला « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

दैलेखमा सकेट बम फेला


१९ मंसिर २०७९, सोमबार


काठमाडौँ। दैलेखमा घडेरी खन्ने क्रममा सकेटबम फेला परेको छ । 

सोमबार बिहान गुराँस गाउँपालिका वडा नम्बर १ खडकवाडास्थित रतनबहादुर महतको घर बनाउने क्रममा शौचालयको पुरानो सेफ्टी ट्याङ्कीभित्र बम फेला परेको हो । 

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार जमिन खन्ने क्रममा बम फेला परेको थियो । 

सकेटबम कालिदत्त गुल्म काडाँचौर दैलेखले डिस्पोज गरेको छ । फेला परेको बम द्वन्द्वकालमा लुकाएर राखेको हुन सक्ने प्रहरीको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस