वर्ल्ड कप लिग-२ : नेपाल स्कटल्याण्डसँग पराजित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वर्ल्ड कप लिग-२ : नेपाल स्कटल्याण्डसँग पराजित


१८ मंसिर २०७९, आइतबार


काठमाडौँ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ मा नेपाल स्कटल्याण्डसँग ३ विकेटले पराजित भएको छ । नेपालले जीतका लागि प्रस्तुत गरेको १ सय ३८ रनको लक्ष्य स्कटल्याण्डले मात्र ३२.१ ओभरमा ७ विकेटको क्षतिमा पछ्याएको हो । 

स्कटल्याण्डलाई जीत दिलाउन क्रिस्टोफर म्याकब्राइडले ४३ तथा ब्रान्डन म्याकमुलेनले नटआउट रहँदै ३२ रन बनाए । नेपालका लागि सागर ढकाल,  गुल्सन झा र ललित राजवंशीले २-२ विकेट लिए ।​

विन्डहोक मैदानमा भएको खेलमा नेपालले टस हारेर पहिलो ब्याटिङ गर्दै सबै विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो । नेपालका लागि गुल्सन झाले सर्वाधिक २९ रन बनाए । ज्ञानेन्द्र मल्लले २५ रन, अर्जुन साउदले १८ रन तथा कप्तान रोहित पौडेलले १७ रनको योगदान दिए । 

स्कटल्याण्डका लागि क्रिस सोलले ३ विकेट तथा मार्क वाटले २ विकेट लिए । 

Tags :
प्रतिक्रिया दिनुहोस