आयोगले कहिले बुझाउँदै छ राष्ट्रपतिलाई अन्तिम मत परिणाम ? « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

आयोगले कहिले बुझाउँदै छ राष्ट्रपतिलाई अन्तिम मत परिणाम ?


१८ मंसिर २०७९, आइतबार


काठमाडौँ । निर्वाचन आयोगले पूर्ण रूपमा निर्वाचनको प्रक्रिया नटुङ्गिएसम्म आचारसंहिता लागू हुने बताएको छ । 

आयोगले आचारसंहिताको कार्यान्वयनको सम्बन्धमा कानूनले स्पष्ट रूपमा निर्वाचन आयोगले तोकेको मितिबाट आचारसंहिता लागू हुने र आचारसंहिता निर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिक नभएसम्म जारी रहने बताएको हो । 

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आयोगले तोकेको समयबाट आचारसंहिता लागू भएको र आचारसंहिता निर्वाचनको सम्पूर्ण मत परिणाम नआएसम्म रहने स्पष्ट पारे । 

उनले समानुपातिक निर्वाचन प्रणालीको मत गणना अहिले जारी रहेकाले आचारसंहिता जारी रहने बताए । समानुपातिक निर्वाचन प्रणालीको सबै निर्वाचन क्षेत्रबाट दललाई आएको मतहरूको टुङ्गो लागिसकेपछि मतहरूको हिसाब गरेर दलहरुलाई पत्र लेख्ने र दलहरूले प्राप्त सिट संख्या मध्येबाट वर्ग समूह मिलाएर बन्दसूची भित्रबाट सांसद्को नाम पेस गर्नुपर्ने उनले बताए ।

निर्वाचन प्रक्रियाको सम्पूर्ण काम सकिसकेपछि आयोगले राष्ट्रपति समक्ष निर्वाचनको अन्तिम परिणाम बुझाउने र निर्वाचन परिणाम सार्वजनिक गर्ने अर्यालले जानकारी दिए । 

सहायक प्रवक्ता अर्यालले २८ मंसिरसम्ममा निर्वाचनको सम्पूर्ण काम सकेर राष्ट्रपति समक्ष पेस गर्ने बताए । समानुपातिक मतपरिणाम नआउँदासम्म निर्वाचन पूरा भएको नमानिने उनको भनाइ छ । 

Tags :
प्रतिक्रिया दिनुहोस