दोलखामा एमाले र माओवादी उम्मेदवारबीच कडा टक्कर, उछिन्ने तयारीमा कार्की  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

दोलखामा एमाले र माओवादी उम्मेदवारबीच कडा टक्कर, उछिन्ने तयारीमा कार्की 


१८ मंसिर २०७९, आइतबार


काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि दोलखामा भएको निर्वाचन निकै प्रतिस्पर्धात्मक देखिएको छ । 

ताजा अवस्थामा एमाले उम्मेदवार र सत्तागठबन्धनका उम्मेदवारबीच २४ मतको अन्तर देखिएको छ । 

एमाले उम्मेदवार बालकृष्ण सिवाकोटीले १८ हजार पाँच सय २९ मत पाएका छन् भने उनलाई पछ्याइरहेका माओवादीका उम्मेदवार गङ्गा कार्कीले १८ हजार पाँच सय पाँच मत ल्याएका छन् । 

पछिल्लो समय कार्कीले सिवाकोटीसँगको मतान्तर घटाउँदै लगेका हुन् । अहिलेसम्म कालिञ्चोक, भीमेश्वर, गौरीशङ्कर र जिरीको मतगणना सकिएको छ । 

हाल तामाकोसी र वैतेश्वर गाउँपालिकाका वडाहरूको गणना भइरहेको छ भने मेलुङ, विगु र शैलुङ गाउँपालिकाको मतगणना बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस