अब भ्रष्टाचारविरुद्ध संसदबाट लड्छौँ : ज्ञानेन्द्र शाही « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अब भ्रष्टाचारविरुद्ध संसदबाट लड्छौँ : ज्ञानेन्द्र शाही


१६ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । जुम्लाबाट नवनिर्वाचित सांसद ज्ञानेन्द्र शाहीले अब भ्रष्टाचारविरुद्ध संसदबाट लड्ने बताएका छन् । राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन कोहलपुर बाँकेले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा शाहीले त्यस्तो बताएका हुन् ।

‘म अहिले टेक्निकल रूपमा जुम्लाको सांसद भए पनि तपाई सबैको साझा व्यक्ति हो। र, तपाई सबैले यो राप्रपाको सांसद हो, मेरा दुःख सुखका कुरा यसले गरिदिँदैन कि भनेर नसोच्नु सांसद सबैको साझा हुन्छ,’ उनले भने, ‘म सार्वजनिक व्यक्ति हो तपाईँलाई कुनै पनि अप्ठ्यारो गारो पर्‍यो भने मलाई भन्नुहोस्।’

हिजो सडकबाट आवाज उठाउँदै समाज सेवा गर्दै आएको उल्लेख गर्दै उनले अब संसदबाट पनि भ्रष्टाचारविरुद्ध आवाज उठाउने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस