विश्वकप लिग टु : नेपालद्वारा नामिबियालाई १९८ रनको लक्ष्य « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

विश्वकप लिग टु : नेपालद्वारा नामिबियालाई १९८ रनको लक्ष्य


१६ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । आइसिसी विश्वकप लिग टुको त्रिदेशीय सिरिज अन्तर्गतको एकदिवसीयमा नेपालले आयोजक नामिबियालाई जितका लागि १ सय ९८ रनको लक्ष्य दिएको छ ।

युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा शुक्रबार नेपालले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९७ बनायो ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ७५ रनको अर्धशतकीय इनिङ खेले ।

आजको अर्धशतकसँगै ज्ञानेन्द्र नेपालबाट एकदिवसीयमा छ वटा अर्धशतक बनाउने पहिलो खेलाडी बनेका छन् । उनीपछि आसिफ शेख र रोहित पौडेलले पाँच-पाँच वटा अर्धशतक बनाएका छन् ।

नामिबियाका तान्गेनी लुन्गामेनीले ३ विकेट लिए ।

यो शृङ्खलामा घरेलु टोली नामिबियासहित नेपाल र स्कटल्यान्ड सहभागी छन् ।

नेपालले पर्सि आइतबार स्कटल्यान्डसँग, २१ गते बुधवार फेरि नामिबियासँग र २२ गते बिहीवार स्कटल्यान्डसँग खेल्नेछ । सात वटा देश सहभागी लिग २ को शीर्ष तीन देश विश्व कप छनोटमा पुग्नेछन् भने शीर्ष पाँच देशले एकदिवसीय मान्यता कायम गर्नेछन् ।

नेपाल २० खेलमा १७ अङ्कका साथ छैटौँ स्थानमा छ । नेपालले १६ वटा खेल खेल्न बाँकी छ । बाँकीमध्ये १० वटा खेल जितेमा शीर्ष पाँचमा पर्ने सम्भावना छ ।

Tags :
प्रतिक्रिया दिनुहोस