विश्वकप लिग-२ : नामिबियासँग भिड्दै नेपाल « प्रशासन
Logo ९ जेष्ठ २०८१, बुधबार
   

विश्वकप लिग-२ : नामिबियासँग भिड्दै नेपाल


१६ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । विश्व कप लिग २ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलामा नेपालले आज घरेलु टोली नामिबियासँग खेल्दैछ ।

नामिबियामा हिजोदेखि सुरु भएको शृङ्खलामा नेपालले आज पहिलो खेल खेल्न लागेको हो । नेपाल र नामिबियाबीचको खेल विन्डहोकमा नेपाली समय अनुसार दिउँसो पौने २ बजेदेखि सुरु हुनेछ ।

यो शृङ्खलामा घरेलु टोली नामिबियासहित नेपाल र स्कटल्यान्ड सहभागी छन् ।

नेपालले पर्सि आइतबार स्कटल्यान्डसँग, २१ गते बुधवार फेरि नामिबियासँग र २२ गते बिहीवार स्कटल्यान्डसँग खेल्नेछ । ७ वटा देश सहभागी लिग २ को शीर्ष तीन देश विश्व कप छनोटमा पुग्नेछन् भने शीर्ष ५ देशले एक दिवसीय मान्यता कायम गर्नेछन् ।

नेपाल २० खेलमा १७ अङ्कका साथ छैटौँ स्थानमा छ । नेपालले १६ वटा खेल खेल्न बाँकी छ । बाँकीमध्ये १० वटा खेल जितेमा शीर्ष ५ मा पर्ने सम्भावना छ ।

Tags :
प्रतिक्रिया दिनुहोस